देउवालाई बधाई दिँदै मिनेन्द्रले भने– तपाईँको कांधमा जिम्मेवारीको बोझ थपिएको छ
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्यास मिनेन्द रिजालले सभापतिमा पुनः निर्वाचित भएकामा शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेका छन्। सभापतिमा...
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासी मिनेन्द रिजालले सभापतिमा पुनः निर्वाचित भएकामा शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेका छन्।
सभापतिमा पराजित भएका शेखर कोइरालाले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै रिजालले सभापति देउवाको घाँटीमा विजयको मालासँगै जिम्मेवारीको बोझ पनि थपिएको बताएका छन् । ‘तपाईँको काँधमा विजयको माला मात्र होइन, जिम्मेवारीको बोझ पनि थपिएको छ,’ उनले भने ।
रिजालले कांग्रेसमा सँधै विचारको प्रतिनिधित्व हुनुपर्नेमा पनि जोड दिएका छन्। व्यक्तिगत भागवण्डा भन्दा विचारलाई महत्व दिनुपर्ने बताउँदै उनले भने, ‘हामी व्यक्तिको भाग खोज्दैनौं, विचारको प्रतिनिधित्व हुनुपर्छ।’
उनले कांग्रेसमा रुपान्तरणको जग बसाल्न सफल भएकोमा शेखरलाई पनि बधाई दिएका छन्।
प्रकाशित मिति: १६:०९ बजे, बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











