Kathmandu Press

प्रदेश २ प्रदेशसभामा दुई अध्यादेश पेस गरिएसँगै  बैठक स्थगित 

जनकपुर, मंसिर २९ : प्रदेश २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेस गरिएका छन्। सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेस गरेका हुन्।साहले...
प्रदेश २ प्रदेशसभामा दुई अध्यादेश पेस गरिएसँगै  बैठक स्थगित 

जनकपुर, मंसिर २९ : प्रदेश २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेस गरिएका छन्। सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेस गरेका हुन्।

साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेस गरेका हुन्।

अध्यादेश पेस भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ। सभामुख सरोज यादवले आगामी पुस ८ गते बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। 

सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  ले अध्यादेश पेस गर्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए। पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठक अवरुद्ध गराइएको जानकारी दिए।

यो अध्यादेश अलोकतान्त्रिक रहेकाले यसलाई टेबुल हुन नदिने भन्दै बैठक अवरुद्ध गरिएको थियो। उनले अध्यादेश फिर्ता नहुँदासम्म संसद चल्न नदिने पनि बताए।

सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम रहेको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिनुपर्ने भन्दै अवरोध नगर्न आग्रह गरेका थिए। लोसपाका सदस्यले अवरोध जारी राखेपछि प्रदेशसभा १५ मिनेटका लागि स्थगित गरी पुनः सुरु भएको बैठकमा अध्यादेश पेस भएको हो। 

प्रकाशित मिति: १६:०७ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्