Kathmandu Press

कांग्रेस महाधिवेशन : आज उपसभापतिको मत गनिने, महामन्त्रीको भोलि मात्रै

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनअन्तर्गत आज (बुधबार) उपसभापति पदको मतगणना हुने भएको छ। सभापतिततर्फको मतगणनाको नतिजा...
कांग्रेस महाधिवेशन : आज उपसभापतिको मत गनिने, महामन्त्रीको भोलि मात्रै

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनअन्तर्गत आज (बुधबार) उपसभापति पदको मतगणना हुने भएको छ। सभापतिततर्फको मतगणनाको नतिजा आइसकेकाले अन्य पदाधिकारीतर्फ र उपसभापतिको मतगणना सुरु गर्न लागिएको हो। 

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार पार्टी कार्यालय सानेपामा आज अपराह्न उपसभापतिको मतगणना सुरू हुनेछ। त्यसका लागि मतपेटिकाहरू सानेपा लगिसकिएको छ।

‘संयोजक घिमिरेले आज राति १० बजेसम्ममा उपसभापतिको मात्रै मतगणना सकिने अनुमान गरिएको र महामन्त्रीको भोलि मात्रै मत गन्न थाल्ने उनले बताए। महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गनिने उनले जानकारी दिए।

कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारी उम्मेदवार हुन् भने महामन्त्रीमा प्रकाशशरण महत, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल र डा. राजाराम कार्की छन्। 

उपसभापतिमा र महामन्त्रीमा दुईदुईजना निर्वाचित हुनेछन्। 

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्