Kathmandu Press

चन्दा नपाएपछि प्रचण्डले सेयरबजार ध्वस्त बनाउने अभिव्यक्ति दिए : ओली

काठमाडाैं, मंसिर २९ : एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयरवालाले चन्दा नदिएपछि उनीहरूलाई ध्वस्त बनाउन सेयरबजारविरुद्ध अभिव्यक्ति दिएको आरोप...
चन्दा नपाएपछि प्रचण्डले सेयरबजार ध्वस्त बनाउने अभिव्यक्ति दिए : ओली

काठमाडाैं, मंसिर २९ : एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयरवालाले चन्दा नदिएपछि उनीहरूलाई ध्वस्त बनाउन सेयरबजारविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा आज (बुधबार) आयोजित पार्टीका मनोनीत केन्द्रित सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन्। 

सेयर लगानीकर्ताको अवस्था कस्तो हुन्छ ? तिनीहरूको आर्थिक स्थिति के हुन्छ ? भन्ने केही मतलब नराखी प्चण्डले बोल्ने गरेको स्पष्ट पार्दै उनले भने, ‘ कुन सेयरवालाले चन्दा दिएनन् होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने त्यसो भने। न रहे बाँस न बजे बाँसुरी भनेर त्यसो भने।

सेयर लगानीकर्ता र देशलाई नै बर्बाद पार्ने काममा प्रचण्डहरू लागिरहेको तर कसैले विरोधसमेत नगरेको भन्दे उनले असन्तुष्टि पनि व्यक्त गरे।

अर्थतन्त्रको मतलब नराखी प्रचण्डले अभिव्यक्ति दिँदा दुई दिनमा सेयर बजार धराशायी बनन पुगेको उनले बताए। उनले प्रचण्डको यस्तो अभिव्यक्तिबाट सबैजना चुप बसेको भन्दै असन्तुष्टि जनाए। आफूहरूले त्यस्तो अभिव्यक्ति दिएको भए सडक तात्ने उनको भनाइ थियो। 

‘यदि हामीले त्यस्तो गथ्र्यौं भने सडक तात्थे, माइतीघरले पुग्दैन थियो। सञ्चार माध्याममा आगो बल्थ्यो,’ उनले भने। तर प्रचण्डले बोल्दा सबैजना शान्त, चुपचाप, आरामले बसेको बताए।

नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको र त्यसका संवाहक प्चण्ड र माधवकुमार नेपाल भएको आरोप पनि लगाए। उनले अब दाहाल र नेपालसँग कुनै  हालतमा एकीकरण सम्भवना नरहेको पनि बताए।  

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्