Kathmandu Press

मलेसियामा डुंगा दुर्घटना हुँदा इन्डोनेसियाका ११ को मृत्यु, २७ बेपत्ता

क्वालालम्पुर, मंसिर २९ : मलेसियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको...
मलेसियामा डुंगा दुर्घटना हुँदा इन्डोनेसियाका ११ को मृत्यु, २७ बेपत्ता

क्वालालम्पुर, मंसिर २९ : मलेसियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका रहेका छन्। मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो। 

अचानक खराव मौसमका कारण दुर्घटना भएको जनाइएको छ। हराइरहेकाहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको छ। सामुद्रिक मार्ग अवैध रुपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ। यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हुने गरेका छन्। मलेसियाको जोहोर राज्यमा भएको दुर्घटनामा परेको डुंगामा ६० यात्रु रहेका थिए। 

घटनामा परी मृत्यु भएका मध्ये सात जना पुरुष र चार जना महिला रहेका छन्। उद्धारकर्ताहरुले अरु २० पुरुष र दुई महिलालाई भने जिवितै उद्धार गरेका छन। बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नहरुले बताएका छन्।  

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, मंसिर २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्