Kathmandu Press

नवनिर्वाचित सभापति देउवालाई बधाई दिँदै पाैडेलले भने- लोकतन्त्रको रक्षामा सफलता मिलोस्

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका...
नवनिर्वाचित सभापति देउवालाई बधाई दिँदै पाैडेलले भने- लोकतन्त्रको रक्षामा सफलता मिलोस्

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नेता पौडेलले आज (बुधबार) एक बधाई सन्देशमा जारी गरेर देउवालाई शुभकामना दिएका हुन्। उनले सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन्।

‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन्,’ उनले लेखेका छन्, ‘यी दुवै  संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो।’

 

प्रकाशित मिति: १४:५३ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्