लोसपाद्वारा प्रदेश २ को प्रदेश सभा बैठक अवरुद्ध
जनकपुर, मंसिर २९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ को प्रदेश सभाको बैठक अवरुद्ध पारेको छ।प्रमुख प्रतिपक्षी दलसमेत रहेको लोसपाका प्रमुख...
जनकपुर, मंसिर २९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ को प्रदेश सभाको बैठक अवरुद्ध पारेको छ।
प्रमुख प्रतिपक्षी दलसमेत रहेको लोसपाका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले अध्यादेश पेस गर्न लाग्दा विरोध जनाए।
सभामुख सरोज यादवले मन्त्री साहलाई प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेस गर्न अनुमति दिँएलगत्तै प्रमुख सचेतक साहले विरोध जनाएका हुन्। त्यसपछि लोसपाका सांसदहरूले आआफ्नो स्थानबाट उठेका थिए।
साहले अध्यादेशमार्फत सरकार चल्न नसक्ने र प्रदेश सभालाई छलेर अधिवेशन अन्त्य गरी अध्यादेश ल्याइनु गैरसंवैधानिक रहेको बताए। विरोधपछि सभामुख यादवले १५ मिनेटका लागि बैठक स्थगित गरे।
प्रकाशित मिति: १४:३६ बजे, बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











