Kathmandu Press

हाइटीमा ग्यास ट्रक विस्फोट हुँदा ६२ जनाको मृत्यु

क्याप–हाइटियन, मंसिर २९ : हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ।गरिबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको...
हाइटीमा ग्यास ट्रक विस्फोट हुँदा ६२ जनाको मृत्यु

क्याप–हाइटियन, मंसिर २९ : हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ।

गरिबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको छ। प्रधानमन्त्री एरियल हेनरीले घटनास्थलको भ्रमण गर्नुको साथै स्थानीय अस्पतालमा दर्जनौं घाइतेसँगै भेटघाट गर्नु भएको बताइएको छ। 

Hardik ivf

त्रासदीको सामना र यस दुर्घटनामा परेकाका लागि मद्दत गर्न आपतकालीन कोषहरु खर्च गरिने उनले ट्वीटमार्फत घोषणा गर्नुभएको छ।  विष्फोटमा वरपरका भवनहरु जलेर नष्ट भएका छन्। घटनास्थलमा भीड जम्मा भएका, केही मृतकहरू शरीरको झोलामा सडकमा छोडिएका बताइएको छ। 

‘हामीले अहिलेसम्म ६२ जनाको मृत्यु भएको गन्ती गरेका छौं,’ डेपुटी मेयर प्याट्रिक अल्मोनोरले भनेका छन्। सरकारी अधिकारीहरुले अझै नजिकैका भवनहरूमा पीडितहरूको खोजी गरिरहेका बताइएको छ।

कैयौं मानिसहरुलाई जिउँदो जलेको देखेको अल्मोनोरले एक डरलाग्दो दृश्यको वर्णन गर्र्दै जलेका ती व्यक्तिहरुको पहिचान गर्न असम्भव भएको पनि उनले बताएका छन्। 

मोटरसाइकल र ट्याक्सी जोगिनका लागि गुड्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि ट्रक पल्टिएको अनुमान गरिएको छ। हाइटीको नागरिक सुरक्षा विभागले ट्रक दुर्घटना भएको पुष्टि गरेको छ।  

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्