Kathmandu Press

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

सिड्नी, मंसिर २९ : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मंगलबार सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका...
अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

सिड्नी, मंसिर २९ : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

सार्वजनिक सम्पर्कमा रहेका बेला उनी मंगलबार सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्। प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी भएका थिए। उनीसँगै देशभरी झण्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए।

Hardik ivf

प्रधानमन्त्री कोरिसनको कार्यालयले पनि उनलाई सङ्क्रमण भएको पुष्टि गरेको छ। कार्यालयले उनको सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न पनि आह्वान गरेको छ।

सिड्नीलगायतका सहरहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाइ पनि सङ्क्रमण भएको हो।  

अष्ट्रेलियामा पछिल्लो एक दिनमा एक हजार ३६० जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्। अघिल्लो दिनभन्दा सङ्क्रमितको सङ्ख्या धेरै बढेको हो। अघिल्लो दिन ८०४ जना मात्रै नयाँ सङ्क्रमित थपिएका थिए।

प्रकाशित मिति: १३:३० बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्