कांग्रेस सभापतिमा निर्वाचित भएकाेमा प्रधानमन्त्री देउवालाई अमेरिकाकाे बधाई
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनेको ओइरो लाग्न थालेृको छ।यसैक्रममा अमेरिकाले पुनः नेपाली कांग्रेसको सभापति...
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनेको ओइरो लाग्न थालेृको छ।
यसैक्रममा अमेरिकाले पुनः नेपाली कांग्रेसको सभापति बनेको भन्दै उनलाई बधाई दिएको छ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सभापति देउवालाई बधाई दिएको हो। दोस्रोपटक भएको निर्वाचनबाट दोस्रो कार्यकालका देउवा बुधबार बिहान कांग्रेस सभापतिमा विजयी भएको घोषणा गरिएको थियो।
दुतावासले ट्विट गदैृ भनेको छ, ‘नेपाली कांगै्सको सभापतिमा निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई छ। अमेरिका लोकतन्त्र, मानव अधिकार तथा स्वतन्त्र र निष्पक्ष निर्वाचनप्रति प्रतिबद्ध छ।’
Congratulations to Right Honorable Prime Minister @SherBDeuba for his re-election as the president of the Nepali Congress. The U.S. remains committed to democracy, human rights and free and fair elections.
— U.S. Embassy Nepal (@USEmbassyNepal) December 15, 2021











