Kathmandu Press

कांग्रेसको सभापतिमा विजयी भएका प्रधानमन्त्री देउवालाई प्रचण्डकाे बधाई

काठमाडौं, मंसिर २९ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापतिमा विजयी भएकोमा बधाई दिएका छन्।उनले आज (बुधबार) फोन...
कांग्रेसको सभापतिमा विजयी भएका प्रधानमन्त्री देउवालाई प्रचण्डकाे बधाई

काठमाडौं, मंसिर २९ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापतिमा विजयी भएकोमा बधाई दिएका छन्।

उनले आज (बुधबार) फोन गरेर सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना दिएको अध्यक्ष उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवा कांग्रेसको १४औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन्। १३औं महाधिवेशनमा पनि देउवा नै सभापतिमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १२:५५ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्