Kathmandu Press

माल्टामा व्यक्तिगत रूपमा गाँजा प्रयोगलाई दिइयाे वैधानिकता

काठमाडौं, मंसिर २९ : युरोपेली मुलुक माल्टाले व्यक्तिगत प्रयोगका लागि गाँजालाई वैधानिकता दिने कानुन बनाएको छ।बेलायती पत्रिका द गार्जियनले जनाएअनुसार यसै सातादेखि लागु...
माल्टामा व्यक्तिगत रूपमा गाँजा प्रयोगलाई दिइयाे वैधानिकता

काठमाडौं, मंसिर २९ : युरोपेली मुलुक माल्टाले व्यक्तिगत प्रयोगका लागि गाँजालाई वैधानिकता दिने कानुन बनाएको छ।

बेलायती पत्रिका द गार्जियनले जनाएअनुसार यसै सातादेखि लागु हुनेगरी संसद्बाट गाँजालाई वैधानिकता दिने कानुनु पास भएको हो। माल्टा गाँजालाई वैधानिकता दिने पहिलो युरोपेली देश बन्न पुगेको छ। 

संसद्बाट पारित कानुनलाई राष्ट्रपतिले प्रमाणित गरेपछि यसै साताबाट लागु हुने माल्टाका मन्त्री ओवेन बोनिचीले बताएको जनाइएको छ। उनले गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता दिँदा आपराधीकरण घट्ने र मानिसले औषधिको रुपमा समेत गाँजाको सजिलै प्रयोग गर्न पाइने प्रतिक्रिया दिए।

माल्टामा अब घरमा चारवटा सम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ। १८ वर्ष माथिका नागरिकले ५० ग्रामसम्म सुक्खा गाँजाको भण्डारण गर्न र सात ग्रामसम्म साथमा लिएर हिँड्न अनुमति दिइनेछ।

अन्य युरोपेली मुलुकमा पनि गाँजालाई वैधानिकता दिने विषयबारे बहस भइरहेको छ। सन् २०२२ मा युरोपका धेरै देशले गाँजाको वैधानिकताबारे निर्णय गर्ने सम्भावना रहेको जनाइएको छ।

संयुक्त राष्ट्रसंघले गएको वर्ष नै गाँजालाई अति खतरनाक लागुपदार्थको सूचीबाट हटाइसकेको छ। 

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, मंसिर २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्