Kathmandu Press

एमालेको मनोनित केन्द्रीय सदस्यमा दुर्गा प्रसाईँदेखि लालबाबु पण्डितसम्म, ओलीले खुवाए सपथ 

काठमाडौं, मंसिर २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित ४४ जनालाई सपथ खुवाएका छन्। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आयोजित...
एमालेको मनोनित केन्द्रीय सदस्यमा दुर्गा प्रसाईँदेखि लालबाबु पण्डितसम्म, ओलीले खुवाए सपथ 

काठमाडौं, मंसिर २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित ४४ जनालाई सपथ खुवाएका छन्। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच केन्द्रीय सदस्यहरुले सपथ लिएका छन्। 

१०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो।
एमालेको विधान अनुसार निर्वाचित केन्द्रीय सदस्यको कुल संख्याको १० प्रतिशत मनोनित गर्ने व्यवस्था छ।
मनोनित सदस्यहरुलाई अध्यक्ष ओलीले पार्टीको नीति सिद्धान्तमा प्रतिवद्ध भई देश र जनताका लागि काम गर्न सँधै तत्पर रहन निर्देशन दिएका छन्। 

यी हुन् एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका ४४ जना 

१. दल फडेरा 
२. मानवीर राई
३. ऐन महर
४. चन्द्र मोहन गौचन
५. रतननाथ योगी
६. रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्कोटा
१२. विशाल भट्टराई
१३. बद्री न्यौपाने
१४. बद्री न्यौपाने
१५. रूपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. सुभाष देवकोटा
१९. भीम केसी
२०. लालबाबु पण्डित
२१. चुडादेवसिं लामा
२२. विषमलाल अधिकारी दनुवार
२३. रेशम लामा
२४. दुर्गा प्रसाईँ 
२५. गोविन्द दुवाल
२६. सहदेव बोगटी
२७. बालसिं काउछा
२८. कृष्ण केसी
२९. चन्द्रबहादुर विश्वकर्मा
३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२.  यमुना रोका तामाङ
३३. उमा कोइराला
३४. कल्पना चापागाईँ
३५. आशा विक
३६. नैनकला ओझा
३७. मञ्जु गुरुङ
३८. विमला अर्याल
३९. इन्दिरा सञ्जेल
४०. गिता कार्की
४१. शान्ति अधिकारी
४२. रुक्मिणी राना, बराईली 
४३. सविता यादव
४४. तारादेवी गुरुङ
 

प्रकाशित मिति: १२:२७ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्