Kathmandu Press

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोंबीच फोनवार्ता

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोंबीच फोनवार्ता

मस्को, मंसिर २९ : रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोंबीच फोनवार्ता भएको छ। उनीहरुबीच मंगलबार फोनमा कुराकानी भएको हो।

उनीहरुबीच खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ।

Hardik ivf

त्यसक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोंसँग त्यहाँको विवाद समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिएको थिए। कुराकानीमा युक्रेनबारे पनि छलफल भएको थियो। युक्रेनको पछिल्लो अवस्थाबारे पुटिनले म्याक्रोंलाई जानकारी गराएका थिए।

दुई देशका राष्ट्रप्रमुखबीच हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावबारे पनि कुराकानी भएको र उनीहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको जनाइएको छ।

प्रकाशित मिति: १२:१८ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्