माओवादी केन्द्र सुदूरपश्चिम अधिवेशन पदाधिकारीबिना २२३ सदस्यीय कमिटी घाेषणा गरी सम्पन्न
धनगढी, मंसिर २९ : माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अधिवेशन पदाधिकारी छनोट नगरी सम्पन्न भएको छ।धनगढीमा शनिबार शुरु भएको अधिवेशन प्रदेश अध्यक्षका आकांक्षीबीच सहमति जुट्न...
धनगढी, मंसिर २९ : माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अधिवेशन पदाधिकारी छनोट नगरी सम्पन्न भएको छ।
धनगढीमा शनिबार शुरु भएको अधिवेशन प्रदेश अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि २२३ सदस्य नाम मात्र घोषणा गरेर मंगलबार सम्पन्न भएको हो।
तिनै सदस्यहरुबाट अध्यक्ष, उपाध्यक्ष, सचिव ,सहसचिव र कोषाध्यक्ष गरी नौ पदाधिकारी पछि चयन गरिने जनाइएको छ।
प्रदेश कमिटी अध्यक्षमा निवर्तमान अध्यक्ष शरदसिंह भण्डारीसहित नरेन्द्र कुवँर, मानबहादुर धामी, वीरमान चौधरी, नेपबहादुर चौधरी, हरि चौधरी, हरि ज्ञवालीलगायत नेता आकांक्षी थिए।
प्रकाशित मिति: १२:१० बजे, बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











