Kathmandu Press

प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि

धनुषा, मंसिर २९ : प्रदेश नं २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि...
प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि

धनुषा, मंसिर २९ : प्रदेश नं २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन्।

उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकिएको र बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

उनका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ। 

प्रकाशित मिति: ११:०९ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्