कांग्रेस महाधिवेशनः दोस्रो चरणमा ४५६२ मत खस्यो
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको सभापतिको दोस्रो चरणको मतदानमा ४५६२ मत खसेको छ ।
काठमाडाैं, मंसिर २८ : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको सभापतिको दोस्रो चरणको मतदान सकिएको छ। आज राति १० बजे सकिएको मतदानमा ४५६२ मत खसेको छ ।
सोमबार भएको पहिलो चरणमा भएको मतदानमा सभापतिका प्रत्यासीले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको मतदान भएको हाे।
सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन्।
मतदान सकिएपछि अहिले राति नै मतगणना सुरु हुने बताइएको छ। दाेस्राे चरणाकाे मतदानमा देउवालाई पहिलाे चरणामा सभापतिका उम्मेदवार बनेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरेका उनकाे जित निश्चितजस्तै छ।
पहिलो मतदानमा मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २ सय ५८ मत पाएका थिए भने कोइरालाले एक हजार ७ सय २ मत पाएका थिए।
प्रकाशित मिति: २२:२७ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











