Kathmandu Press

कांग्रेस सभापतिको मतदानमा ३८ सय मत खस्यो 

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ।  मंगलबार राति ८ः३० बजेसम्म ३८०० मत खसेको...
कांग्रेस सभापतिको मतदानमा ३८ सय मत खस्यो 

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ।  

मंगलबार राति ८ः३० बजेसम्म ३८०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।  मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् ।

पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान भएको हो । दोश्रो चरणमा सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो ।

यसैबीच मतदान सकिएपछि रातिदेखि नै मतगणना गरिने र अबेरसम्म नतिजा सार्बजनिक गरिने समितिले जनाएको छ । 
 

प्रकाशित मिति: २०:४८ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्