Kathmandu Press

सभापतिको मतगणना आजै, राती अबेरसम्म परिणाम आउने 

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दोस्रो चरणको जारी मतदानको मतगणना पनि आजै राती हुने भएको छ ।आजै राती १०...
सभापतिको मतगणना आजै, राती अबेरसम्म परिणाम आउने 

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दोस्रो चरणको जारी मतदानको मतगणना पनि आजै राती हुने भएको छ ।

आजै राती १० बजेदेखि मतगणना सुरु हुने र राती अबेरसम्म सभापतिको मतपरिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । अन्य पदका लागि भएको चुनावको मतगणना भने पर्सी बिहानदेखि मात्रै सुरु गर्ने तयारी निर्वाचन समितिको छ ।

सोमबार भएको निर्वाचनमा सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणमा मतदान भएको हो ।

सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला प्रतिस्पर्धामा रहेका छन्।

प्रकाशित मिति: २०:१४ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्