भ्रममा नपर्नुस्, कुनै पदका लागि देउवालाई समर्थन गरेको होइन : नेता सिंह
मंगलबार साँझ मतदान चलिरहँदा सिंहले एक वक्तव्य जारी गर्दै आफूले कुनै पदका लागि देउवालाई समर्थन नगरेको स्पष्ट पारेका हुन् ।
काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले दोस्रो चरणको निर्वाचनमा निःशर्त वर्तमान सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन् ।
मंगलबार साँझ मतदान चलिरहँदा सिंहले एक वक्तव्य जारी गर्दै आफूले कुनै पदका लागि देउवालाई समर्थन नगरेको स्पष्ट पारेका हुन् ।
सिंहले निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन् ।
‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ, कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु ।’











