Kathmandu Press

एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना पोजेटिभ

काठमाडौं, मंसिर २८ : नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।आज मङ्गलवार सामाजिक सञ्जालमार्फत ज्ञवालीले यो जानकारी दिएका हुन्...
एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना पोजेटिभ

काठमाडौं, मंसिर २८ : नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज मङ्गलवार सामाजिक सञ्जालमार्फत ज्ञवालीले यो जानकारी दिएका हुन् । आफूलाई कोरोनाको हल्का लक्षण देखिएको पनि बताएका छन् । उपमहासचिव ज्ञवालीले आफ्नो सम्पर्कमा आएकालाई पनि कोरोना परीक्षण गराउन आग्रह पनि गरेका छन् ।

‘चारपाँच दिनदेखि मेरो नजिकमा रहनुभएका सबैलाई सावधानी अपनाउन, सुरक्षित रहन र कुनै लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गर्दछु’​, उनले भनेका छन् । 
 

प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्