चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा
काठमाडौं, मंसिर २८ : भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । नगरपालिकाले विगत दुई वर्षभित्र सञ्चालन गरेका पाँच लाखभन्दा माथिका...
काठमाडौं, मंसिर २८ : भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
नगरपालिकाले विगत दुई वर्षभित्र सञ्चालन गरेका पाँच लाखभन्दा माथिका योजनाको बारेमा अख्तियारले अनुसन्धान थालेको हो ।
स्थानीय तहमा व्यापक अनियमितता हुने गरेको गुनासो एवं उजुरी बढेपछि अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयको विशेष टोलीले मंगलवार चाँगुनारायण नगरपालिकाका योजनाको कागजपत्र नियन्त्रणमा लिएको हो।
टोलीले योजनाको लागत इष्टमेट, कार्यान्वयन पक्ष, भुक्तानीको प्रक्रियाको विस्तृत अनुसन्धान गर्ने जनाएको छ। यस्तै गरी नगरपालिकाको खरिद प्रक्रियाका बारेमा पनि अनुसन्धान गर्ने अख्तियारले जनाएको छ।
प्रकाशित मिति: १९:१२ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











