Kathmandu Press

कानुनमन्त्री बडूले भने-संसद् सुरु गराउन एमालेसँग वार्ता गर्न चाहन्छौँ 

काठमाडौं, मंसिर २८ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले संसद् सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको...
कानुनमन्त्री बडूले भने-संसद् सुरु गराउन एमालेसँग वार्ता गर्न चाहन्छौँ 

काठमाडौं, मंसिर २८ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले संसद् सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताएका छन् ।

सत्तारुढ दल कांग्रेस नेता समेत रहेका मन्त्री बडुले संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढ्न सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताएका हुन् ।

आज मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अत्यावश्यक विधेयक भने एमालेका विरोधका बीच पनि सरकारले अघि बढाउने स्पष्ट पारे । कानुनमन्त्री बडूले नागरिकलाई पीडावोध भइरहेको नागरिकता ऐन, सङ्घीय निजामती सेवा ऐनजस्ता अत्यावश्यक विधेयक भने सहजै ढङ्गले अघि बढ्ने बताए ।

मन्त्री बडूले आजदेखि सुरु भएको हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि भएकाले अत्यावश्यक विधेयक अघि बढाउनुको विकल्प नभएको बताए । 

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्