Kathmandu Press

कांग्रेस महाधिवेशन : ६ बजेसम्म दुई हजार मत खस्यो 

निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले दुई हजार मत खसेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ ।
कांग्रेस महाधिवेशन : ६ बजेसम्म दुई हजार मत खस्यो 

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा साँझ ६ बजेसम्म दुई हजार मत खसेको छ ।

निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले दुई हजार मत खसेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ ।

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि छ स्थान कायम गरिएको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्याशी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन भएकोे हो । 
 
प्रकाशित मिति: १८:४० बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्