Kathmandu Press

 काबुलमा भएको विष्फोटमा एक जनाको मृत्यु, दुई घाइते

काबुल, मंसिर २८ : अफगानिस्तानको काबुलमा मङ्गलबार भएको विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले उप आन्तरिक...
 काबुलमा भएको विष्फोटमा एक जनाको मृत्यु, दुई घाइते
फाइल तस्बिर

काबुल, मंसिर २८ : अफगानिस्तानको काबुलमा मङ्गलबार भएको विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले उप आन्तरिक मन्त्री मोहम्मद इजामलाई उद्धृत गर्दे जनाएको छ।

काबुल शहरको प्रहरी जिल्ला ८ मा आज विष्फोट भएको हो।  शुक्रबार काबुलको दश्त–ए–बार्च क्षेत्रमा एउटा मिनी(बसलाई लक्षित गरी भएको बम आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको थियो  भने अन्य तीन जना घाइते भएका थिए।

इस्लामिक स्टेटले शुक्रबार भएको विष्फोटको जिम्मेवारी लिएको छ। 

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, मंसिर २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्