इन्डोनेसियामा ७.६ म्याग्नीच्युडको भूकम्प, आँधीको चेतावनी
जाकार्ता, मंसिर २८ : इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको फ्लोरेस समुन्द्रनजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको...
जाकार्ता, मंसिर २८ : इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नीच्युडको भूकम्प गएको छ ।
देशको फ्लोरेस समुन्द्रनजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् ।
झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ । यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ५.६ म्याग्नीच्युडको भूकम्प आएको थियो।
प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











