चौबिस घण्टामा २६४ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
काठमाडौं, मंसिर २६ : पछिल्लो २४ घण्टामा मुलुकभर २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १३...
काठमाडौं, मंसिर २६ : पछिल्लो २४ घण्टामा मुलुकभर २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १३ हजार ७०९ जनाको परीक्षण गर्दा पीसीआरबाट २२९ र एन्टीजेनबाट ३५ जनामा संक्रमण देखिएको हो।
सोही अवधिमा ३६२ जना संक्रमणमुक्त भएका छन् भने दुई जनाको निधन भएको मन्त्रालयले जनाएको छ।
योसँगै मुलकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २४ हजार ७६४ पुगेको छ भने एन्टीजेनतर्फ ९५ हजार ८४५ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ।
कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५५९ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार देशभर ५ हजार ६८९ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ५ हजार ३८६ जना होम आइसोलेसनमा रहेका छन् भने ३०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ९६ जना क्वारेन्टिनमा रहेका छन्। त्यस्तै १२० जना आइसीयूमा उपचाररत छन् भने २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।











