कांग्रेस महाधिवेशन : सभापति चयन गर्न दोस्रो चरणको मतदान सुरु
मंगलबार दिउँसो साढे तीन बजेबाट मतदान सुरु हुने भनिएपनि केही ढिला गरी सुरु भएको हो।
काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। मंगलबार दिउँसो साढे तीन बजेबाट मतदान सुरु हुने भनिएपनि केही ढिला गरी सुरु भएको हो।
मतदानका लागि सोमबार जस्तै तीन केन्द्र तोकिएको छ । मतदानका लागि साढे तीन बजेदेखि नै प्रतिनिधिहरु लामवद्ध भएका थिए।
पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गर्न लागिएको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धा गर्दै छन्।
पहिलो चरणको मतदानपछि सभापतिको रेसबाट बाहिरिएका तीनै जना नेताहरुले देउवालाई समर्थन जनाएका छन्। यसर्थ दोस्रो चरणको मतदानबाट देउवा सभापति निर्वाचित हुने सम्भावना बलियो भएको छ।
प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











