Kathmandu Press

विज्ञप्ति नै निकालेर निधिले मागे देउवाका लागि भोट 

विज्ञप्तिमा उनले शेरबहादुर देउवाले निवासमै आएर सहयोगको आग्रह गरेको र उनको आग्रहलाई आफूले समर्थन गरेको उल्लेख गर्दै  देउवालाई मतदान गर्न अपिल गरेका हुन्। 
विज्ञप्ति नै निकालेर निधिले मागे देउवाका लागि भोट 

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महाधिवेशन प्रतिनिधिसँग देउवाका लागि भोट मागेका छन्। दोस्रो चरणको मतदान सुरु हुनअघि विज्ञप्ति नै जारी गरेर निधिले प्रतिनिधिहरुसँग देउवाका लागि भोट मागेका हुन्। 

विज्ञप्तिमा उनले शेरबहादुर देउवाले निवासमै आएर सहयोगको आग्रह गरेको र उनको आग्रहलाई आफूले समर्थन गरेको उल्लेख गर्दै  देउवालाई मतदान गर्न अपिल गरेका हुन्। 

निधिले पहिलो चरणमा आफ्नो पक्षमा मतदान गर्ने प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन्। 

पहिलो चरणको मतदानबाट बाहिरिएका सबै उम्मेदवारले दोस्रो चरणमा देउवालाई सघाउने भएपछि सभापतिमा पुनः देउवाको सम्भावना बलियो भएको छ। 

पहिलो चरणमा देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: १५:११ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्