सभापतिमा देउवालाई समर्थन गर्ने कल्याण गुरुङको घोषणा
काठमाडौं, मंसिर २८ : सभापति चयनका लागि भएको पहिलो मतदानमा सबैभन्दा कम भोट ल्याएका कल्याण गुरुङले दोस्रो चरणको देउवालाई समर्थन गर्ने घोषणा गरेका छन्।र उनले...
काठमाडौं, मंसिर २८ : सभापति चयनका लागि भएको पहिलो मतदानमा सबैभन्दा कम भोट ल्याएका कल्याण गुरुङले दोस्रो चरणको देउवालाई समर्थन गर्ने घोषणा गरेका छन्।र
उनले भिडियो सम्बोधनमार्फत दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्ने घोषणा गरेका हुन्। पहिलो चरणको मतदानमा गुरुङले २२ मत मात्रै प्राप्त गरेका थिए।
यसअघि प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।
प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











