२५ मिनेट बसेर स्थगित भयो प्रतिनिधिसभा बैठक, अर्को बैठक पुस ६ गते
काठमाडौं, मंसिर २८ : प्रतिनिधि सभा बैठक पुस ६ गतेसम्मका लागि स्थगित भएको छ। आज दिउँसो २ बजेबाट सुरु भएको बैठक एमालेको अवरोधका कारण...
काठमाडौं, मंसिर २८ : प्रतिनिधि सभा बैठक पुस ६ गतेसम्मका लागि स्थगित भएको छ। आज दिउँसो २ बजेबाट सुरु भएको बैठक एमालेको अवरोधका कारण करिब २५ मिनेट मात्र चलेको छ ।
सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति कार्यलयबाट आएको पत्र पढेर सुनाएलगत्तै एमाले सांसदहरु बेल घेर्न आइपुगेका थिए। उनीहरुले बेल घेरेर बैठक सभामुखविरुद्ध नाराबाजी लगाउन थालेपछि सभामुख सापकोटा केहीबेर हेरेर बसे।
केहीबेरपछि सांसहरुलाई सम्बोधन गर्दै सभामुखले लोकतन्त्र सिद्दान्त मात्र नभएर पूर्ण पारदर्शी प्रकृया र समन्वयीक परिणामको औजार समेत रहेको बताउँदै एमाले सांसदहरुलाई आ–आफ्नो सिटमा बस्न अनुरोध गरेका थिए। उनले सहज रुपमा सभा चलाउन सहयोग गर्न सांसदहरुलाई आग्रह गरे।
त्यसपछि पनि नाराबाजी नरोकिएपछि उनले प्रतिनिधि सभा नियमावलीबारे सांसदहरुको ध्यानाकर्षण गरेका थिए । एमाले अवरोध जारी भएपछि सभामुखले कार्यसूची अनुसारको कामकारवाही अगाडि बढाएका थिए।
मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश २०७८ पेस गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश २०७८ र सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८ पेस गरेका छन् ।
त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ ।
अध्यादेश पेश भएपछि सभामुखले मंगलबारको बैठक स्थगित गर्दै अर्को बैठक पुस ६ गते दिउँसो १ बजे बस्ने घोषणा गरेका छन्।











