Kathmandu Press

विवेकको प्रयोग गरी मतदान गर्न शेखर कोइरालाको अनुरोध 

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गरेका छन्। हात्तीसारस्थित होटल अरन्यमा पत्रकार सम्मेलन गर्दैै...
विवेकको प्रयोग गरी मतदान गर्न शेखर कोइरालाको अनुरोध 

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गरेका छन्। 

हात्तीसारस्थित होटल अरन्यमा पत्रकार सम्मेलन गर्दैै नेता कोइरालाले सभापतिका लागि दोस्रो चरणमा निर्वाचन लड्ने निधो गरको  बताउँदै अन्तरआत्माको अनुरोध सुन्दै आफूलाई मतदान गर्न आग्रह गरेका छन्। 

उनले चुनावी मैदानबाट बाहिरिन लागेको भन्ने हल्लामात्रै रहेको पनि बताएका छन्। ‘आफ्नो अन्तरआत्माको आवाज सुनेर विवेकको निर्णय लिनुहोला,’ कोइरालाले पत्रकार सम्मेलनमा भने।

सभापतिमा शेरबहादुर देउवा र कोइरालाले पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुँदैछ।मतदान दिउँसो साढे ३ बजेदेखि हुँदैछ । 

सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई सहयोग गर्ने भइसकेका छन्।

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्