संसदमा एमालेको अवरोध, बेल घेरेर सभामुखविरुद्ध नाराबाजी
काठमाडौं, मंसिर २८ : प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा एमालेले अवरोध गरेको छ। सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमालेका सांसदहरुले...
काठमाडौं, मंसिर २८ : प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा एमालेले अवरोध गरेको छ। सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गरेका छन्।
एमाले सांसदहरुले अवरोध सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावलीबारे ध्यानाकर्षण गरेका थिए । सभामुखको ध्यानकर्षणको बेवास्ता गर्दै सांसदहरुले बेल घेर्दै नारबाजी जारी राखेका छन्।
उनीहरुले संसदीय मर्यादा कायम राख्न माग गर्दै सभामुख सापकोटाविरुद्ध नाराबाजी गरेका छन्। पटकपटकको आह्वानलाई बेवास्ता गर्दै नाराबाजी कायम भएपछि सापकोटाले कार्यसूची अनुसार बैठक अगाडि बढाएका छन्।
प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











