सभामुखलाई आवेगमा नआउन ओलीको चेतावनी
काठमाडौं, मंसिर २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई आवेगमा आउन र संयम नगुमाउन चेतावनी दिएका छन् । मंगलबार बसेको संसदीय...काठमाडौं, मंसिर २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई आवेगमा आउन र संयम नगुमाउन चेतावनी दिएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले कारवाहीको धम्की नदिन सभामुखलाई चेतावनी दिएका हुन्। उनले सभामुखले संयमता नअपनाए परिणाम पनि नराम्रो हुने चेतावनी दिएका छन्।
‘धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ मंगलबारको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला।’
ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले अवरोध जारी राख्ने पनि बताएका छन्। आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने उनले बताएका छन्।











