आज बस्ने प्रतिनिधि सभा बैठकमा एमालेले विरोध जनाउने
काठमाडौं, मंसिर २८ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज संसद चल्न नदिने भएको छ। दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची छ ।...
काठमाडौं, मंसिर २८ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज संसद चल्न नदिने भएको छ। एमाले संसदीय दलको बैठकले आज बस्न लागेको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक नै चल्न नदिने निर्णय गरेको हो।
दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची छ । बैठकमा एमालेले विरोध जनाउने र आवश्यक परे अवरोध समेत गर्ने एमाले संसदीय दलका नेता केपी शर्मा अोलीले बताएका छन् ।
प्रतिपक्षी दलको मागलाई निरन्तर बेवास्ता गर्दै आएका कारण बैठक चल्न नदिने निर्णय एमालेले जनाएको छ । एमाले विभाजन गर्न सभामुखले भूमीका खेलेको एमालेको आरोप छ।
पार्टीले कारवाही गरेको पत्र समयमै नटाँसेर सभामुखले मर्यादाविपरितका काम गरेको ठहर गर्दै एमालेले पटकपटक सदन अवरुद्ध गर्दै आइरहेको छ।
गत भदौ २३ गतेदेखि एमालेले संसद अवरुद्ध गरेको थियो । लगातारको अवरोधका कारण संसद चल्न नसकेपछि सरकारले कात्तिकमा अधिवेशन अन्त्य गरेको थियो।











