दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्ने निधिको घोषणा
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति चयनका लागि हुने दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन्।
काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति चयनका लागि हुने दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन्।
केहीबेर अघि देउवासँगको छलफलपश्चात निधि सहयोगका लागि तयार भएका हुन्। निधिसँग छलफल गर्न देउवा उनकै निवास बानेश्वर पुगेका थिए ।
देउवासँगको छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै निधिले आफू देउवाको अनुरोधप्रति सकारात्मक रहेको बताए । ‘उहाँ मलाई सहयोग गर्नुपर्यो भन्नुभयो,’ निधिले भने,‘त्यसका लागि आफू सकारात्मक भएको तर एकपटक साथीहरुसँग पनि छलफल गर्नुपर्छ भनेको छु।’
निधिले दोस्रो चरणको मतदान हुने भएपछि सभापतिमा देउवालाई नै समर्थन गर्न प्रतिनिधिहरूलाइ आह्वान गरेका छन् ।
यसअघि प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।
प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











