बानेश्वर पुगेर देउवाले गरे निधिसँग छलफल
काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन् । जारी महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने...
काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन् ।
जारी महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएपछि देउवाले बानेश्वरस्थित निवासमै पुगेर निधिसँग छलफल गरेका हुन् ।
छलफलमा दोस्रो चरणको मतदानमा आफूलाई सहयोग गर्न देउवाले आग्रह गरेका छन्।
दोस्रो चरणको मतदानमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणमा बहुमतका लागि थोरै मत अपुग भएपछि देउवा पुनः सभापति निर्वाचित हुन सकेनन्।
कांग्रेस विधानअनुसार सभापतिमा चयन हुन निर्वाचनमा न्यूनतम ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ। देउवाले करिब ४९ प्रतिशत मत पाएका थिए।
दोस्रो चरणको मतदान साढे ३ बजेबाट शुरु हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। दोस्रो चरणमा प्रकाशमान सिंहले देउवालाई सघाउने घोषणा गरिसकेका छन्।











