रामचन्द्रजीले देशको लागि महत्वपूर्ण भूमीका निर्वाह गर्न बाँकी छ : देउवा
उनले पौडेलले देशका लागि अझै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न बाँकी रहेको बताउँदै राजनीतिमा सक्रिय रहन आग्रह गरेका हुन्।
काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलले देशका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न बाँकी नै रहेको बताएका छन्।
पौैडेल पक्षका महाधिवशेन प्रतिनिधिहरुको चियापान समारोहमा बोल्दै देउवाले कांग्रेसमा रामचन्द्र पौडेलको योगदान महत्वपूर्ण रहेको बताएका हुन्।
उनले पौडेलले देशका लागि अझै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न बाँकी रहेको बताउँदै राजनीतिमा सक्रिय रहन आग्रह गरेका हुन्। ‘तपाईं हामी सबैको नेता हो’ उनले भने, ‘भोलिका दिनमा तपाईंले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्ने छ,’ उनले भने ।
देउवाले सबै नेताहरुलाई एक भएर अगाडि बढ्न समेत आग्रह गरेका छन्।
प्रकाशित मिति: ११:३७ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











