कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान दिउँसो ३ बजेदेखि
सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो।
काठमाडौं, मंसिर २८ : कांग्रेस महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै दिउँसो तीन बजेदेखि हुने भएको छ।
सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो। सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो चरणकाे मतदान हुने भएको हो।
पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखरबीच भिडन्त हुनेछ।
यसअघि सभापतिका प्रत्यासी प्रकाशमान सिंह,विमलेन्द्र निधिले र कल्याण गुरुङ बाहिरिएका छन्।
प्रकाशित मिति: ११:०५ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











