चाक्सीबारी पुगेर शेखरले गरे प्रकाशमानसँग छलफल
भेटमा उनले दोस्रो चरणको मतदानमा आफूलाई सघाउन आग्रह गरेका छन् । जवाफमा प्रकाशमानले आफ्नो टिमसँग छलफल गरेर निर्णयमा पुग्ने बताएका छन्।
काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रकाशमान सिंह सँग छलफल गरेका छन्। मंगलबार चाक्सीबारी स्थित निवासमै पुगेर शेखरले प्रकाशमानलाई भेटेका हुन्।
भेटमा उनले दोस्रो चरणको मतदानमा आफूलाई सघाउन आग्रह गरेका छन् । जवाफमा प्रकाशमानले आफ्नो टिमसँग छलफल गरेर निर्णयमा पुग्ने बताएका छन्।
शेखरले भेट गर्नुअघि प्रकाशमानलाईं भेट्न देउवानिकट बालकृष्ण खाँण चाक्सीबारी पुगेका थिए । उनले पनि दोस्रो चरणमा देउवालाई सघाउन आग्रह गरेका थिए । खाँणलाई पनि आन्तरिक छलफलपछि मात्रै निर्णय गर्ने जवाफ दिएर पठाएका थिए।
प्रकाशमान सिंहले पहिलो चरणको चुनावमा ३७१ मतका साथ तेस्रो स्थान हासिल गरेका छन् । उनको टिममा सुजाता कोइराला, विश्वप्रकाश शर्मा लगायतका नेताहरू छन्।
प्रकाशित मिति: १०:२६ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











