दाेस्राे चरणकाे मतदान : निधिले प्रकाशमानसँग छलफल गरेर निर्णय लिने
काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले दोस्रो चरणको मतदानमा कसलाई समर्थन गर्ने भन्ने विषय छलफलपछि टुंगो लगाइने...
काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले दोस्रो चरणको मतदानमा कसलाई समर्थन गर्ने भन्ने विषय छलफलपछि टुंगो लगाइने बताएका छन्।
पहिलो चरणको निर्वाचनपछि सभापतिको रेसबाट बाहिरिएका निधिले दोस्रो चरणमा देउवा र शेखरमध्य कसलाई समर्थन गर्ने भन्ने विषय प्रकाशमानसँग छलफल गरेर निर्णय गर्ने बताएका हुन् ।
आइतबार सकिएको मतगणनाबाट प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
कम मत पाउने सिंह, निधि र गुरुङ स्वतः निर्वाचन प्रकृयाबाट बाहिरिने छन् । अब उनीहरुले शेखर र देउवामध्य एकलाई समर्थन गर्नुपर्ने हुन्छ । त्यसका लागि छलफल गरेर मात्रै अगाडि बढ्ने निधिले बताएका छन्।
निर्वाचनपूर्व निधिले दास्रो चरणको मतदानमा देउवाविरुद्ध चारै जनाको गुटबन्दी हुने बताएका थिए।











