Kathmandu Press

दोस्रो चरणको मतदान हुने भएपछि सभापितका उम्मेदवारहरू छलफलमा 

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन्। पहिलो चरणको मतदानमा कुनैपनि उम्मेदवारले बहुमत...
दोस्रो चरणको मतदान हुने भएपछि सभापितका उम्मेदवारहरू छलफलमा 

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन्। 

पहिलो चरणको मतदानमा कुनैपनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान अघि नेताहरुले आफ्नो समूह र अन्य  समूहसँगको छलफललाई तीब्र बनाएका हुन्। 
 
मंगलबार बिहान सकिएको मतदानमा शेरबहादुर देउवाले २२५८ मत पाए पनि सभापतिमा निर्वाचित हुन ५८ मत पुगेन । अब उनी र दोस्रो धेरै मत (१७४०) ल्याएका शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

दुबैको ध्यान सभापतिको उम्मेदवार रहेका, तर दोस्रो चरणको मतदानबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधितिर हुनेछ । देउवालाई समर्थन गर्न आग्रह गर्न गृहमन्त्री बालकृष्ण खाँण नेता सिंहको निवासमा पुगेका छन् ।

अर्का उम्मेदवार निधिले पनि आफू छलफलमा रहेको बताए । अर्का नेता प्रकाशमान सिंहसँग सल्लाह गरेर एउटा निर्णयमा पुग्ने उनले बताएका छन् ।

प्रकाशित मिति: ०९:५४ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्