Kathmandu Press

कांग्रेस महाधिवेशन : सभापतिका लागि दोस्रो चरणको मतदान आजै गर्ने तयारी 

मंगलबार बिहान सकिएको मतगणनामा देउवा र कोइराला मध्य कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। 
कांग्रेस महाधिवेशन : सभापतिका लागि दोस्रो चरणको मतदान आजै गर्ने तयारी 

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसका आसन्न १४ औं महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचनले सभापति चयन गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ। 

सभापतिका लागि चुनावी मैदानमा ५ जनामध्य वर्तमान सभापति शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा भएपछि पहिलो चरणको मतदानबाट सभापतिको चयन हुन नसकेको हो । 

मंगलबार बिहान सकिएको मतगणनामा देउवा र कोइराला मध्य कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका गरे । सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरे। 

सभापतिमा निर्वाचित हुन न्यूनतम २ हजार ३ सय ८७ मत आवश्यक हुन्छ । पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आजै दोस्रो चरणको मतदान गर्ने तयारी निर्वाचन समितिको छ। 

दोस्रो चरणको निर्वाचनमा देउवा र शेखरबीच मात्रै प्रतिस्पर्धा हुनेछ। बाँकी रहेका तीन उम्मेदवारहरु प्रतिस्पर्धाबाट बाहिरिनेछन् । 

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए।  

प्रकाशित मिति: ०९:३४ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्