Kathmandu Press

सभापतिका लागि पुनः चुनाव हुने, देउवाले पाए २२५८ मत

नेपाली कांग्रेसको सभापतिका लागि पुनः चुनाव हुने भएको छ।
सभापतिका लागि पुनः चुनाव हुने, देउवाले पाए २२५८ मत

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापतिका लागि पुनः चुनाव हुने भएको छ।

आज बिहान सम्पन्न मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि पुनः मतदान हुने भएको हो।

कांग्रेस निर्वाचन समितिका अनुसरा ४ हजार ६८१ मत गणना हुँदा देउवाले २ हजार २५८ मत पाए। त्यस्तै, डा. शेखर कोइरालाले १ हजार ७२९ मत पाए।

सभापतिका उम्मेदवारहरु प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत आवयक पर्छ। पहिलो चरणमा खसेका ४ हजार ६८१ मध्ये सभापतिमा निर्वाचित हुने २ हजार ३४१ मत आवयश्य थियो।

कांग्रेस विधान अनुसार सबैभन्दा बढी मत पाउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ। अब देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: ०९:२६ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्