४१७४ मत गणना हुँदा देउवाको १९९५ मत
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले १ हजा ९९५ मत पाएका छन्।
काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले १ हजा ९९५ मत पाएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, अहिलेसम्म ४ हजार १७४ मत गणना हुँदा देउवाले १ हजार ९९५ मत पाएका हुन्।
त्यस्तै, सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १ हजार ५८९ पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले ३१५, विमलेन्द्र निधिले २३७ र कल्याण गुरुङले १९ मत पाएका छन्।
कांग्रेस सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। कांग्रेस महाधिवेशनमा ४ हजार ६७९ मत खसेको छ। जितका लागि २ हजार ३ सय ४० मत आवश्यक पर्छ।
अब गणना गर्न ५०३ मत बाँकी छ। कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए।
प्रकाशित मिति: ०८:४४ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











