Kathmandu Press

३७७९ मत गन्दा देउवाको १७९८, कोइरालाको १४१३ मत

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले १ हजार ७ सय ९८ मत प्राप्त गरेका छन्।
३७७९ मत गन्दा देउवाको १७९८, कोइरालाको १४१३ मत

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले १ हजार ७ सय ९८ मत प्राप्त गरेका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ हजार ७७९ मत गणना हुँदा देउवाले १ हजार ७९८ मत पाएका छन्। डा. शेखर कोइरालाले १ हजार ४१३ मत पाएका छन्।

त्यस्तै, सभापतिका उम्मेदवार प्रकाशमान सिंहो २८६, विमलेन्द्र निधिको २०० र कल्याण गुरुङको १९ मत प्राप्त गरेका छन्।

कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए।

प्रकाशित मिति: ०८:१७ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्