Kathmandu Press

सभापतिमा ३२८२ गन्दा देउवाले पाए १५५६ मत

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले १ हजार ५५६ मत पाएका छन्।
सभापतिमा ३२८२ गन्दा देउवाले पाए १५५६ मत

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले १ हजार ५५६ मत पाएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ हजार २८२ मत गणना हुँदा देउवाले १ हजार ५५६ मत पाएका हुन्। त्यस्तै, शेखर कोइरालाले १ हजार १९७ मत पाएका छन्।

यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत पाएका छन्।

कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए।

आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो।

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्