Kathmandu Press

३१७७ मत गन्दा देउवाको १५०७ मत

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले १ हजार ५ सय ७ मत प्राप्त गरेका छन्।
३१७७ मत गन्दा देउवाको १५०७ मत

काठमाडौं, मंसिर २८: नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले १ हजार ५ सय ७ मत प्राप्त गरेका छन्।

कांग्रेस निर्वाचन समितिका अनुसार ३ हजार १ सय ७७ मत गणना भएको छ। जसमा देउवाले १ हजार ५ सय ७ मत प्राप्त गरेका हुन्।

सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले १ हजार १ सय ६४ मत पाएका छन्। त्यस्तै, प्रकाशमान सिंह २५४, विमलेन्द्र निधिले १९० र कल्याण गुरुङले १६ मत पाएका छन्।

कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए।

आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो।

 

प्रकाशित मिति: ०७:४८ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्