Kathmandu Press

२७ सय मत गन्दा देउवाको १३ सय, कोइरालाको १ हजार

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ।
२७ सय मत गन्दा देउवाको १३ सय, कोइरालाको १ हजार

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान साढे ७ बजेसम्म २ हजार ७ सय ७७ मत गणना हुँदा देउवाले १ हजार ३१८ मत प्राप्त गरेका छन्।

सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १ हजार २३ मत पाएका छन्। त्यस्तै, प्रकाशमान सिंहले २०५, विमलेन्द्र निधिले १६६ र कल्याण गुरुङले १२ मत पाएका छन्।

कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए।

आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो।

 

प्रकाशित मिति: ०७:३३ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्