Kathmandu Press

२२ सय गन्दा देउवाले पाए १०५१ मत

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता बढाएका छन्। उनले पछिल्लो पटक २५६ मतले अग्रता लिएका छन्।
२२ सय गन्दा देउवाले पाए १०५१ मत

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता बढाएका छन्। उनले पछिल्लो पटक २५६ मतले अग्रता लिएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ७ बजेसम्म २ हजार २०६ मत गणना हुँदा देउवाले १ हजार ५१ मत पाएका छन्।

त्यस्तै, सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ७९५ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंह २०४, विमलेन्द्र निधिले १७४ र कल्याण गरुङले १० मत पाएका छन्।

आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो।

कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए।

प्रकाशित मिति: ०७:१६ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्